रुसले विश्वव्यापी आर्थिक विकासको नयाँ प्रजातान्त्रिक मोडेल निर्माणमा समर्थन गर्छ : पुटिन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले विश्वव्यापी आर्थिक विकासको नयाँ प्रजातान्त्रिक मोडेलको स्थापनालाई समर्थन गर्ने बताएका छन् । रुसी विज्ञहरूले यो कदमले पश्चिमा शक्तिहरूको एकाधिकारलाई चुनौती दिने दाबी गरेका छन् ।

पश्चिमाहरूले बजार अर्थतन्त्रको सिद्धान्तलाई नष्ट गरेको आरोप उनीहरुले लगाएका छन् । रुसको जीडीपी १० महिनाको अवधिमा यस वर्ष ३.२ प्रतिशतले बढेको छ । पुटिनले वर्षको अन्त्यसम्ममा कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर ३ दशमलव ५ प्रतिशत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपतिले सबै वाह्य दबाबका बाबजुद पनि मार्च २०२२ यता रुसमा काम गर्ने विदेशी कम्पनीको संख्या बढेको र रुस जो कोहीसँग पनि काम गर्न खुला रहने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *