संयुक्त राष्ट्र सुरक्षा परिषद्को गाजा युद्धविराम प्रस्तावमा अमेरिकाको अवरोध

एजेन्सी । संयुक्त राज्य अमेरिकाले गाजामा तत्काल मानवीय युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा भिटो प्रयोग गरेको छ । संयुक्त अरब इमिरेट्सद्वारा मस्यौदा तयार पारिएको र सय भन्दा बढी देशहरूले समर्थन गरेको प्रस्तावलाई सुरक्षा परिषद्का १५ सदस्यमध्ये १३ सदस्यको समर्थन प्राप्त भएको छ ।

बेलायतले भने उपस्थिति जनाएको छैन । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्र संघको बडापत्रको धारा ९९ लाई युद्धविरामको लागि आह्वान गर्न संगठनको सबैभन्दा शक्तिशाली निकायलाई आग्रह गरेका थिए । प्रश्तावको पाठमा हमास र इजरायल बीचको लडाई तत्काल रोक्न र अन्तर्राष्ट्रिय मानवीय कानून अन्तर्गत इजरायली र प्यालेस्टिनी नागरिकहरूको संरक्षण गर्न आह्वान गरिएको छ ।

बैठकमा गुटेर्रेसले मानवीय सहायताको प्रभावकारी वितरणको अवस्था नदेखिएको बताउनु भयो । गुटेरेसले गजानमा खानाको अभाव भइरहेको चेतावनी दिए । उनले गाजाको स्वास्थ्य प्रणाली ध्वस्त हुँदै गएको बताए । यो समय उनीहरुका लागि सहयोग गर्ने समय भएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *