मोरङ कारागारमा थुनुवाको मृत्यु, कुटपिटपछि मृत्यु भएको आफन्तको आशङ्का
२०८० मंसिर २३ गते

फाइल फोटो
जिल्ला कारागार मोरङमा एक जना बन्दीको मृत्यु भएको छ ।
पुर्पक्षको लागि थुनामा रहेका मोरङको लेटाङ–४ घर भएका ४० वर्षीय केशर बहादुर भुजेलको बिहीबार बेलुका कोशी अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको हो।
भुजेलको मृत्यु कुटपिटबाट भएको हुनसक्ने आफन्तको आशंका छ।
उनीहरुले छानविनको माग समेत गरेका छन्। शव पोस्टमार्टम हुन समेत सकेको छैन ।
छानबिन समिति गठन गरेपछि मात्र पोस्टमार्टम गर्नुपर्ने मृतक परिवारको माग छ।
२०८० मंसिर २३ गते
प्रतिक्रिया
सम्बन्धित








