बागमती पुग्दै एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’, आज नुवाकोटमा सभा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज गण्डकी प्रदेश सकेर बागमती प्रदेश गर्दैछ ।

गए राति गोरखामा बास बसेको टोली शनिबार बिहान धादिङ प्रवेश गर्न लागेको पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । ‘गए राति गण्डकी प्रदेशको गोरखामा बसेका थियौँ’, उनले भने, ‘आज बिहान सल्यानटारमा खाना खाएर हामी धादिङ प्रवेश गर्नेछौँ ।’

शनिबारको सभा नुवाकोटको विदुरमा हुने एमालेले जनाएको छ । नुवाकोट मध्यपहाडी राजमार्गको विन्दु हो । एक हजार ८७९ किलोमिटर लामो राजमार्गको आधा भाग नुवाकोटबाट पूर्व र आधा भाग पश्चिमतर्फ पर्छ । ‘यात्राको दशौँ दिन हामी मध्यभागमा आइपुग्दैछौँ’ गौतमले भने ‘अब नौ दिनमा बाँकी दूरीको यात्रा हुनेछ ।’

एमालेको समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको यात्रा गरिसकेको छ । मंसिर १४ गते मध्यपहाडी राजमार्गको पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट यात्रा शुरु भएको एमालेको यात्रा पूर्वी सीमाविन्दु पाँचथरको चिवाभञ्ज्याङमा पुगेर टुंगिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *