प्रधान सेनापतिको रोलक्रममा भएकाहरूको उमेर रक्षा मन्त्रालयले छानबिन गर्नुपर्छ : रघुजी पन्त

काठमाडौँ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले भावी प्रधान सेनापतिको रोलक्रममा रहेका सैनिक अधिकृतहरूको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयले छानबिन गर्नुपर्ने बताएका छन् ।

शुक्रवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पन्तले प्रधान सेनापतिको रोलक्रममा आउने सैनिक अधिकृतहरूको उमेर सम्बन्धी विवाद पटक–पटक आउने गरेको भन्दै सो प्रकारको विवादको निरूपण हुनुपर्ने बताएका हुन् ।

उनले प्रधान सेनापतिको रोलक्रममा रहेकाहरू सबैको उमेरको सम्बन्धमा रक्षा मन्त्रालयको सचिवको नेतृत्वमा समिति बनाएर छानबिन गर्नुपर्ने बताए । उनले नेपाली सेनाभित्रै छानबिन भएर क्लिनचिट पाएकाहरूको पनि पनि उमेरमा कैफियत देखिएको उदाहरण दिँदै उनले सेना भित्रको छानबिनले मात्रै नपुग्ने बताए ।

त्यसै सांसद पन्तले अनावश्यक नेताहरूले समेत निजी सुरक्षा अधिकृतको सुविधा लिने गरेका भन्दै यसमा कडाइ गर्नुपर्ने बताए ।

उनले भने ‘पिएसओ केहीको फिर्ता गरियो फिर्ता गरिएको मध्येबाट पनि केही माननीयज्युहरुले पुनः लिनुभयो भनिएको छ । यो विषयमा समितिले पहिल्यै निर्णय गरेको थियो । समितिले निर्णय गरेपछि कार्यान्वयन हुनुपर्छ । हाम्रो निर्णयलाई कार्यान्वयन नगरीकन आलटाल गरेर थन्क्याइयो भने समितिको प्रभावकारिता हुँदैन । सेनाको बारेमा नकारात्मक ढंगले मिडिया र संसदमा छलफल हुनु आफैँमा राम्रो होइन । बढुवाको लागि जुन जर्नेलको नाम पठाइएको छ, उसको पनि उमेरको बारेमा प्रमाणसहित, डकुमेन्टसहित अखबारहरूमा छताछुल्ल भएको छ । जब प्रधान सेनापतिको लाइनमा बस्ने बेला हुन्छ, यस्ता विवादहरू आउने हुनाले यो समितिले आज एउटा निर्णय के गर्नुपर्छ भन्दाखेरि रक्षा मन्त्रालयको सचिवको नेतृत्वमा किनभने सेना आफैँले छानबिन गर्दाखेरि त त्रुटि भएको फेला पर्यो नि । सेनाले मात्रै छानबिन गर्दा यो टुंगो लाग्दैन भन्ने देखियो । हामीले रक्षा मन्त्रालयलाई के निर्देशन गर्नुप¥यो भन्दाखेरि रक्षा मन्त्रालयले यस विषयमा छानबिन गरोस् । उसले छानबिन गरेर तथ्य के हो, किनभने नेपाली सेनाको भावी नेतृत्वहरूको उमेरलाई लिएर पटक–पटक नकारात्मक ढंगले प्रश्न उठ्नु राम्रो होइन ।’

उनले समितिमा विधेयकहरू अलपत्र परेका भन्दै विधेयकहरूको सम्बन्धमा पनि यथाशीघ्र छलफल हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + three =