विराटनगर महानगरपालिकाद्वारा गोदाम आगलागी पीडितलाई आर्थिक सहयोग गर्ने घोषणा

काठमाडौँ । विराटनगर–७ सतघुम्तीस्थित कवाडी गोदाममा भएको आगलागीमा परेर भएका व्यक्ति र घाइतेका आफन्तलाई विराटनगर महानगरपालिकाले आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

महानगरको विपद् व्यवस्थापन बजेटबाट आएको रकमबाट मृतकका परिवारलाई एक लाख रुपैयाँ दिन लागेको हो ।

महानगरका प्रमुख नागेश कोइरालाका अनुसार प्रत्येक घाइतेको उपचारका लागि रु ५० हजार दिने निर्णय गरेको छ ।

बुधवार दिउँसो विराटनगर–७ सतघुम्तीमा रहेको दुखा मण्डलको कवाडी गोदाममा आगलागी हुँदा विराटनगर–६ का ४० वर्षीय दीपक मण्डल, ५५ वर्षीया सुशीला पासवान र ६४ वर्षीया सुनिता कामतको मृत्यु भएको थियो ।

यसैबीच, महानगरले कवाडी व्यवसाय, गोदामलगायत संवेदनशील व्यवसायको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =