नाम, थर, वतन नखुलेको २ जना मृत अवस्थामा फेला
२०८० मंसिर २२ गते

काठमाडौँ । गोरखा, पालुङटार नगरपालिका–६ कुमालटारीस्थित गोरेटो बाटोको छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी २५ वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
काठमाडौँ महानगरपालिका–६ बौद्ध महाकालस्थित सडक पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
दुबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
२०८० मंसिर २२ गते
प्रतिक्रिया
सम्बन्धित








