बाला चतुर्दशीमा आउने भक्तजनले पालना गर्नुपर्नेछ यी १३ बुँदे नियम (सूचीसहित)

काठमाडौं । बाला चतुर्दशीमा पशुपतिनाथ मन्दिर परिसरमा शतबीज छर्न आउनेहरुले १३ बुँदे नियम पालना गर्नुपर्ने भएको छ । पशुपति क्षेत्र विकास कोषले शुक्रबार सूचना जारी गरी भक्तजनहरुले पालना गर्नुपर्ने नियमबारे जानकारी गराएको हो ।

बालाचतुर्दशी पर्व मंसिर २५ गते परेको छ । आफ्ना पितृको स्मृतिमा अघिल्लो दिन रातभर बत्ती बालेर जाग्राम बस्ने र भोलिपल्ट बिहानै शतबीज छर्ने चलन छ । पितृको स्मृतिमा बत्ती बाल्ने भक्तजन तीर्थयात्रुहरुका लागि पशुपति क्षेत्र विकास कोषले निःशुल्क पालको व्यवस्था गरिदिएको छ ।

आफैं उपस्थित भई बत्ती बाल्न नसक्नेहरुका लागि कोषमा २ हजार १०० रुपैयाँ शुल्क बुझाई बत्ती बालिदिने व्यवस्था समेत मिलाइएको छ । त्यस्ता भक्तजनहरुले पशुपति मन्दिरको पश्चिमतर्फको बाहिरी ढोकास्थित पशुपति क्षेत्र विकास कोषको बिक्री कक्षमा सम्पर्क राख्नुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *