नेपाल सुपर लिगमा चितवन र बुटवल लुम्बिनीको बराबरी

नेपाल सुपर लिगमा चितवनले बुटवल लुम्बिनीसँग बराबरी खेलेको छ। अग्रता जोगाउन नसक्दा चितवनले बुटवलसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

पहिलो हाफ बराबरीमा सकिएको खेलमा चितवनले उत्सव राईको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा उत्सवले लामो दुरीबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो।

खेलको अन्तिम समयमा बियोङले गोल गर्दै बुटवललाई महत्वपुर्ण एक अंक दिलाउन सफल रहे । खेलको इन्जुरी समयको पहिलो मिनेटमा स्टेफन समिर बियोङले गोल गर्दै बुटवललाई एक अंक दिलाउन सफल भए।

बुटवलले चार खेलबाट ४ अंक जोडेको छ । चितवनले चार खेलबाट ५ अंक जोडेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *