आजियाटाले नेपालमा लगानी गर्न उचित छैन भन्ने प्रचार गर्‍यो : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले आजियटा ग्रुपका सिईओलाई अर्थसमितिले पत्र काट्नुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो माग गरेका हुन् ।

उनले अर्थ समितिमा आएर आजियटा ग्रुपका सिईओले नेपालको लगानीको विषयमा जानकारी दिनुपर्ने बताए । उनले आजियटाका सिईओ सुदले नेपालमा लगानीको वातावरण नभएको र नेपालबाट बाहिरिनु शेयर लगानीकर्ताको हित भएको भनेकाले नेपालमा लगानीको वातावरण खराब हुने पुष्टि गरेको बताए ।

उनले नेपालको अर्धराजनीतिक माहोललाई संकेत गर्दै त्यहाँ भइरहेका र बढ्दो चुनौतीहरू हवला दिँदै एनसेललाई बिक्रीमा राख्नुपर्ने बाध्यता रहेको पत्रमा उल्लेख गर्नु नेपाल राष्ट्रकै छविमा क्षति पुर्याउने सम्भावना रहने बताए ।

उनले देशलाई प्रगतिको बाटोमा लैजाने, आय र रोजगारी बिस्तार गर्नको लागि प्रत्यक्ष लगानी भित्र्याउनु पर्ने, स्वदेशी लगानीको माहोल बनाउनु पर्ने दस्ताबेजहरूले बोल्ने बताए ।

उनले निर्यात प्रवर्द्धन र प्रविधि हस्तान्तरणको लागि पनि राम्रोसँग वैदेशिक लगानी भित्र्याउन आवश्यक रहेको बताए । सांसद वाग्लेले २०८१ वैशाखमा सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको अवस्थामा एनसेल शेयर बिक्री गरेर बाहिरिनु नेपाल लगानीको लागि उपयुक्त नभएको भन्ने सन्देश जाने बताए ।

उनले वैदेशिक लगानीकर्ता ल्याउन तामझामका साथ कार्यक्रम गर्ने र नेपालमा भित्रिएको सबैभन्दा ठूलो प्रत्यक्ष लगानीकर्ताहरूमध्ये एक एनसेल नेपाललाई धारे हात लगाएर बाहिरिनु गम्भीर प्रश्नहरू उठाएको बताए । उनले वर्षको ४० अर्ब देखि ६० अर्ब सम्मको कारोबार गरेको भनेर डकुमेन्ट भएको एनसेल कम्पनीलाई नेपालका प्रमुख राजनीतिक नेता, कर्मचारीहरू, नीति निर्माताहरू र मिडियालाई समेत वर्षौंदेखि अनुचित लाभ र प्रलोभन दिँदै प्रभावमा पर्ने गरेको आरोपले नेपालको लोकतान्त्रिक विधि र सुशासनको खिल्ली उडाउँदै आएको उल्लेख गरे ।

उनले नेताका आफन्तजनलाई सिंगापुर घुमाउने पात्रले शेयर खरिद गरेकाले समितिमा उभ्याउनुपर्ने बताए ।

उनले भने ‘एनसेलको बिक्रीले उजागर गरेका आर्थिक कुशासन लगानी विकर्षण बारे वृहत् नीतिगत समीक्षा आवश्यक भएको देखिन्छ । आजियटा कम्पनीको सीईओलाई नै अर्थ समितिले पत्र काट्नुपर्छ । त्यसको लागि कस्तो सहयोग चाहिन्छ हामी तयार छौं । विवेक सुद आजियटाका ग्रुप एजिकेटिभ अफिसरले नोभेम्बर २९,२०२३ मा एउटा विज्ञप्ति जारी गर्नुभएको छ । नेपालको अर्धराजनीतिक माहोललाई संकेत गर्दै त्यहाँ भइरहेका र बढ्दो चुनौतीहरू हबला दिँदै एनसेललाई बिक्रीमा राख्नुपर्ने बाध्यता रहेको पत्रका उल्लेख छ । आजियटाका शेयर धनीहरूको हितमा यो कदम आवश्यक भएको भन्ने पनि उल्लेख छ । त्यसले नेपाल राष्ट्र कै छविमा क्षति पुर्याउने सम्भावना रहन्छ । त्यही कारण उहाँलाई यही समितिमा उपलब्ध गराउनु पर्छ । देशलाई प्रगतिको बाटोमा लाने, आय र रोजगारी विस्तार गर्नको लागि प्रत्यक्ष लगानी भित्र्याउनु पर्ने,स्वदेशी लगानीको माहोल बनाउनु पर्ने दस्ताबेजहरूले बोल्छ । निर्यात प्रवर्द्धन र प्रविधि हस्तान्तरणको लागि पनि राम्रोसँग वैदेशिक लगानी भित्र्याउने हो भने ठूलो महत्व रहेको छ । २०८१ वैशाखमा सरकारले लगानी सम्मेलन गर्ने भनेको छ । त्यसलाई यसले लगानीको विश्वस्नियतालाई प्रश्न गरेको छ । लगानीकर्ता आउनु भनेर तामझाम कार्यक्रम गर्ने र नेपालमा भित्रिएको सबै भन्दा ठूलो प्रत्यक्ष लगानीकर्ताहरूमध्ये एक एनसेल नेपाललाई धारे हात लगाएर बाहिरिनु गम्भीर प्रश्नहरू उठाएको छ । ती प्रश्नलाई तीन खण्डमा विभाजित गरेर हेर्नुपर्छ । पहिलो आर्थिक कुशासन र रेपुटेसनल कष्ट निर्णयबाट सिर्जित वर्षको ४० अर्ब देखि ६० अर्ब सम्मको कारोबार गरेको भनेर डकुमेन्ट भएको एनसेल कम्पनीलाई नेपालका प्रमुख राजनीतिक नेता,कर्मचारीहरू,नीति निर्माताहरू र मिडियालाई समेत वर्षौंदेखि अनुचित लाभ र प्रलोभन दिँदै प्रभावमा पर्ने गरेको आरोपले नेपालको लोकतान्त्रिक विधि र सुशासनको खिल्ली उडाउँदै आएको कुरा जगजाहेर नै छ । आजियटामा नेपाली साझेदार भनिएका साझेदार पात्रले महिना–महिनामा नेपालका नेताहरू र नेताका श्रीमती, नेताका छोरालाई सिंगापुर घुमाएको फेसबुकमा सार्वजनिक भएको छ ।’

उनले शेयर खरिदबिक्री प्रकरणले नेतालाई रिझाएर मात्रै टिक्न सकिने भन्ने बुझिने दाबी गरे । उनले आजियटाका प्रवन्धनिर्देशक, नेपाली मूलका साझेदार, अर्थमन्त्री, लगानी बोर्डका सीईओलगायतलाई समितिले डाक्नुपर्ने वाग्लेको जिकिर थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *