आयात बन्द भएको ४ वर्षपछि नेपालमै रेडबुलको उत्पादन सुरु

काठमाडौँ । नवलपरासीमा रेडबुल उत्पादन सुरु भएको छ ।

नवलपरासीमा २ अर्ब लगानीमा रेडबुल उद्योग स्थापना गरिएको हो । आयात बन्द गरिएको साढे ४ वर्षपछि नेपालमै रेडबुलको उत्पादन सुरु गरिएको हो ।

व्यापारिक घराना खेतान समूहले थाइल्यान्डको रेडबुल कम्पनीसँग सम्झौता गरी सरस बेभरेज प्रालि नामक उद्योग दर्ता गर्दै नेपालमै रेडबुल उत्पादन सुरु गरेको हो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगको उद्घाटन गरेका हुन् ।

साढे ४ वर्षअघि तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले सबै प्रकारका इनर्जी ड्रिंक्सलाई नेपालमा आयात गर्न प्रतिबन्ध लगाएका थिए । हाल पनि रेडबुल आयातमा प्रतिबन्ध लगाइएको छ ।

खेतान समूहका अनुसार धादिङको धुनिबेसीमा सरस बेभरेजको कार्यालय स्थापना भइसकेको छ । त्यसको प्लान्ट भने नवलपरासीमा छ ।

उद्योगमा २ अर्ब लगानी गरिएको र वार्षिक १० हजार किलोलिटर जुस उत्पादन गर्ने लक्ष्य लिएको खेतान समूहले बताएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *