ललितपुरसँग बराबरी खेल्दै वीरगन्जले जोड्यो अंक

नेपाल सुपर लिग फुटबलमा वीरगन्ज युनाइटेडले तेस्रो खेलमा पहिलो अंक जोडेको छ । मंगलबार भएको खेलमा अपराजित ललितपुर सिटीसँग २–२ गोलको बराबरी खेल्दै विरगन्जले पहिलो अंक जोडेको हो ।

दशरथ रंगशालामा आफूले लिएको सुरुवाती अग्रता जोगाउन नसक्दा विरगन्जले बराबरी खेल्नु पर्यो । खेलको १०औं मिनेटमा वीरगन्जले विलियम ओपोकुको गोलमा अग्रता लियो । विरगन्जले अग्रता लिएको तेस्रो मिनेटमा नै ललितपुरले गोल गर्न सफल भयो ।

खेलको १३ औं मिनेटमा ललितपुरका लागि इमोन एजिकिलले बराबरी गोल फर्काए ।

खेलको २७औं मिनेटमा ललितपुरले निखिल कदमको गोलबाट अग्रता २–१ को बनाए । यता विरगन्जका लागि खेलको ५२ औं मिनेटमा कान्त महत्वले गोल गर्दै टिमलाई बराबरीमा ल्याए ।

त्यसपछि दुबै टोलीले अवसर पाएपनि गोल भने गर्न सकेनन् । यो बराबरीसँगै ललितपुरको ४ खेलमा ६ अंक जोडेर लिगतको दोस्रो स्थानमा छ । यता तीन खेलबाट ७ अंक जोडेको धनगढी तालिकाको शीर्ष स्थानमा छ। वीरगन्ज १ अंकसहित पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *