नेपाल सुपर लिगमा झापा र काठमाडौंको बराबरी

नेपाल सुपर लिगमा सोमबार झापा एफसी र काठमाडौं रेजर्सले गोलरहित बराबरी खेलेका छन्। खेलमा दुबै टोलीले केही अबसर सिर्जना गरे पनि गोल गर्न असफल भए।

पहिलो खेलमा स्पोर्टिङ इलामलाई हराएको काठमाडौंले दोस्रो खेलमा एफसी चितवनसँग बराबरी खेलेको थियो। यो उसको लगातार दोस्रो बराबरी हो।

तीन खेलबाट काठमाडौं ललितपुर सिटी र पोखरा थण्डर्सको समान ५ अंक भएको छ।

झापा भने अहिलेसम्म जितविहीन छ । पहिलो खेलमा इलामसँग पराजित भएको झापा दोस्रो खेलमा पोखरासँग बराबरी खेलेको थियो। झापाको मात्रै २ अंक छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *