वायु सेनाको ट्रेनर विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । भारतको तेलंगनामा भारतीय वायु सेनाको विमान दुर्घटना भएको छ ।

सोमबार बिहान भारतीय वायु सेनाको ट्रेनर विमान दुर्घटना भएको हो ।

दुर्घटनामा विमानमा सवार दुई क्रु मेम्बरको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ । समाचारमा जनाइएअनुसार भारतीय वायु सेनाले दुर्घटनाको पुष्टि गरेको छ ।

दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *