नेपाल सुपर लिगमा बुटवलको पहिलो जित

नेपाल सुपर लिगमा एफसी बुटवल लुम्बिनीले पहिलो जित दर्ता गरेको छ। आफ्नो तेस्रो खेलमा स्पोर्टिङ इलाम एफसीलाई २–१ ले पराजित गर्दै बुटवलले अंकको खाता खोलेको हो।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा बुटवलको जितमा कप्तान एरिक विष्ट र स्टेफन समिर विनोङले गोल गरे। ५९औँ मिनेटमा इलामका फोडे कामारा पेनाल्टीमा चुक्दा बराबरी गर्ने मौका गुमायो।

इलामका अब्दुलाय बाले एक गोल फर्काए। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। खेलको ४९ औं मिनेटमा स्टेफन समिर विनोङको गोलमा बुटवलले सुरुआती अग्रता बनाएको थियो।

तर ७८औँ मिनेटमा अब्दुलायको गोलमा इलाम बराबरीमा फर्कियो। ८८औँ मिनेटमा कप्तान एरिक विष्टले फ्रिकीकमा गोल गर्दै महत्वपुर्ण जित दिलाए।

लिगमा सोमबार झापा एफसी र काठमाडौं रेजर्स भिड्नेछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *