आफैँले बोकेको बन्दुक पड्किँदा सञ्जीवले गुमाए ज्यान
२०८० मंसिर १७ गते

काठमाडौं । दोलखामा भरुवा बन्दुक पड्किँदा एक जना युवकको मृत्यु भएको छ ।
तामाकोशी गाउँपालिका–२, झुलेस्थित डाँडावारी जम्बोटे जंगलमा सिकार खेल्न गएका २० वर्षीय सन्जीव सार्कीको भरूवा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो ।
सन्जीव आफैँले बोकेको भरुवा बन्दुकको काठको बट भाँचिएर फायर हुँदा छर्राले लागेर घाइते भएका थिए । तामाकोशी अस्पताल दोलखामा सामान्य उपचारपछि सार्कीलाई थप उपचारका लागि पशुपती चौलागाईं स्मृति अस्पताल चरिकोटमा भर्ना गरिएको थियो ।
सार्कीको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले सार्कीसँगै सिकार खेल्न गएका अन्य ६ जनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान सुरु गरेको छ ।
२०८० मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित








