फिलिपिन्समा ७.४ म्याग्निच्युडको भूकम्प

एजेन्सी । शनिवार राति दक्षिणी फिलिपिन्सको सुरिगाओ डेल सुर प्रान्तमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ ।

फिलिपिन्सको ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानको एक अद्यावधिक प्रतिवेदनमा, संस्थानले भूकम्प राति १०ः३७ बजे गएको बताएको हो । हिनाटुआन सहरको लगभग ३० किलोमिटर उत्तरपूर्वमा २५ किलोमिटरको गहिराइमा केन्द्रबिन्दु बनाएर गएको हो ।

भूकम्प मिन्डानाओ टापु र मध्य फिलिपिन्सका धेरै भागहरूमा महसुस गरिएको थियो । क्षतिको तत्काल कुनै विवरण आएको छैन । संस्थानले २ सय भन्दा बढी परकम्पहरू गएको बताएको छ ।

५ देखि ६ म्याग्निच्युडको पराकम्प गएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *