इराकले नोभेम्बरमा गर्‍यो १० करोड ९० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात

एजेन्सी । इराकले नोभेम्बरमा १० करोड ९० लाख ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात गरेको छ । नोभेम्बरमा १०९.५४ मिलियन ब्यारेल कच्चा तेल निर्यात गरेको हो ।

जसले ९.५९ बिलियन अमेरिकी डलर राजश्व जम्मा पारेको छ । नोभेम्बरमा इराकी कच्चा तेलको औसत मूल्य प्रतिब्यारेल ८७.५७ अमेरिकी डलर थियो । मन्त्रालयले स्टेट अर्गनाइजेसन फर मार्केटिङ अफ आयल, इराकी कम्पनीको तथ्याङ्कलाई उद्धृत गर्दै एक विज्ञप्तिमा भनेको छ ।

मध्य र दक्षिणी इराकको तेल क्षेत्रबाट बसरा बन्दरगाहबाट करिव १०८.०५ मिलियन ब्यारेल, उत्तरी प्रान्त निनेवेहको कयारा तेल क्षेत्रबाट १.०३ मिलियन ब्यारेल र ४६४,७२८ ब्यारेल छिमेकी जोर्डनमा पठाइएको विज्ञप्तिमा भनिएको छ । इराकको अर्थतन्त्र धेरै कच्चा तेलको निर्यातमा निर्भर छ । जसले देशको राजस्श्को ९० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *