शनिबार हुइँकाएको स्कुल बसले बाइक हान्दा मोहम्मद र रुविनाको मृत्यु 

काठमाडौँ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा स्कुल बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । नगरपालिका ४ महुवारीमा बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र १६ वर्षीया रुविना खातुनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार बसको ठक्करबाट मोटरसाइकलमा सवार मोहम्मद र रुविनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा परी मोटरसाइकलमा सवार सोही ठाउँकै १७ वर्षीया अप्सना खातुन गम्भीर घाइते भएकी छन् । उनको भैरहवा स्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बसको ठक्करबाट मोटरसाइकलमा सवारहरुको मृत्यु भएपछि आक्रोशित स्थानीयले स्कुल बसमा आगो लगाइदिएका छन् । घटनापछि बस चालक फरार रहेको र उनको खोजीकार्य भइरहेको डीएसपी भट्टले बताए । अहिले मृतकका आफन्त र स्थानीयले शवलाई सडकमै राखेर प्रदर्शन गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *