अल नासरमाथि अल हिलालको शानदार जित

काठमाडौँ । साउदी प्रो लिग अन्तर्गत अल हिलालले अल नासरलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अल हिललले अल नासरलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पहिलो हाफ बिना कुनै गोल बराबरीमा रोकिएको यस खेलको दोस्रो हाफमा अल हिलालले ३ गोल गरेको थियो । अल हिलालका लागि एलेक्जान्दर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेइ मिलिनकोभिक सभिकले एक गोल गरेका थिए ।

यस खेलमा अल हिलालका अलि अल्बुलायहिले खेलको ९३औं मिनेटमा रातो कार्ड पाएका थिए ।

यो जितपछि शिर्ष स्थानमा रहेको अल हिलालले लिगमा आफ्नो अग्रता बढाएको छ । अल हिलालको १५ खेलमा ४१ अंक भएको छ र दोस्रो स्थानमा रहेको अल नासरको १५ खेलमा ३४ अंक रहेको छ । अब अल हिलाल अल नासरभन्दा स्पष्ट ७ अंकले अगाडी भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *