नक्कली भुटानी शरणार्थी प्रकरण– टोपबहादुर थुनामै, खाँणबारे राय बाझियो(पूर्णपाठ)

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा आज उच्च अदालत पाटनबाट आदेश आएको छ ।
काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथिको सुनुवाइ सकेर उच्च अदालतले आदेश दिएको हो ।
उच्च अदालत पाटनमा गत हप्तादेखि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा भएको सुनुवाइमा बिहीबार सबै पक्षको बहस सकिएको थियो । आदेशमाअनुसार टोपबहादुर रायमाझीसहित ८ जना पुर्पक्षका लागि थुनामै रहनेछन् । उच्च अदालत पाटनले थुनछेकविरुद्धको पुनरावेदनउपर सुनुवाइ गर्दै रायमाझीसँगै इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पासहित ८ जनालाई थुनामा राख्ने जिल्ला अदालत, काठमाडौंको आदेश सदर गरेको हो ।

यता, शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्ने विषयमा न्यायाधीश जनक पाण्डे र न्यायाधीश प्रकाश खरेलबीच राय बाझिएको छ ।
न्यायाधीश पाण्डेले ३० लाख धरौटीमा छाड्ने आदेश गरेका छन् भने त्यसमा न्यायाधीश खरेलले असहमति जनाउँदै थुनामै राख्नुपर्ने आदेश गरेका छन् ।
अब तेस्रो न्यायाधीशको इजलासले यो विवाद टुंगो लगाउने छ । अर्को आदेश नभएसम्म खाँण पनि थुनामै रहनेछन् ।
यस्तै भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले उनलाई १५ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो ।
धरौटी तोकिएकाहरूमा नरेन्द्र केसीलाई १० लाख, हरिभक्त महर्जनलाई १५ लाख, शमशेरमियालाई १० लाख,सन्दीप रायमाझीलाई ३० लाख,टेकनाथ रिजाललाई १५ लाख धरौटी तोकिएको छ र लक्ष्मी महर्जन,आशिष बुढाथोकी, टङ्क गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिइएको छ ।
हुनुहोस् पूर्ण पाठ:–











