नयाँ रेकर्ड बनाएको सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँ घट्दै १ लाख १९ हजार रुपैयाँ कायम भएको हो ।

आज तेजाबी सुनको मूल्य समेत तोलामा ३ सय रुपैयाँले नै घट्दै १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । लगातार तीन दिन नयाँ रेकर्ड बनाएको सुनको मूल्य घटेको हो । गत सोमबार, मंगलबार र बुधबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।

चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँ बढ्दै १ हजार ५ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ लाख ५ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *