इन्ज्युरी समयमा गाेल गर्दै धनगढी विजयी

नेपाल सुपर लिग (एनएसएल) फुटबलमा धनगढी एफसीले बुटवल लुम्बिनी सिटी एफसीलाई हराएको छ।

आज बिहीवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा धनगढीले बुटवललाई १–० गोलले हरायाे ।

खेल बराबरीतर्फ गइरहेको अवस्थामा इन्ज्युरी समयको ४ औँ मिनेटमा हाफिज ओलावालेले गोल गरेर धनगढीलाई जित दिलाए ।

धनगढीको यो लगातार दोस्रो जिते हो भने बुटवल लुम्बिनीको दोस्रो हार हो । एनएसएलको दोस्रो संस्करणमा ९ वटा टोली सहभागी छन् ।

एनएसएलमा भाेलि शुक्रवार वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसीबीच खेल हुनेछ । खेल बेलुकी साढे ५ बजे दशरथ रङ्गशालमा शुरु हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *