सैनिक श्रीमती सङ्घद्वारा भूकम्पप्रभावितलाई सहयोग
२०८० मंसिर १४ गते

सैनिक श्रीमती सङ्घद्वारा कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्रबिन्दु भई गएको भूकम्पप्रभावित जाजरकोट र रुकुम पश्चिमवासीलाई राहत सामग्री उपलब्ध गराइएको छ।
सङ्घकी अध्यक्ष श्रीमती सुनिता शर्माले दुवै जिल्लाका जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारीलाई खाद्यान्न तथा लत्ताकपडा र ब्लाङ्केटसहितका राहत सामग्री उपलब्ध गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
सङ्घका अध्यक्ष शर्मासहितका पदाधिकारी आज दुवै जिल्ला पुगेर राहत सामग्री हस्तान्तरण गरेका हुन्।
२०८० मंसिर १४ गते
प्रतिक्रिया
सम्बन्धित








