बिरामी लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रोकिराखेको ट्रकसँग ठोक्कियो

काठमाडौँ । सिन्धुलीमा एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । महोत्तरीबाट बिरामी लिएर आउँदै गरेको ज १ च ८२४ नम्बरको एम्बुलेन्स बिहान विपी राजमार्गस्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ माथिल्लो बारामा सडक छेउमा रोकी राखेको बा ३ ख ६७९० ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी एम्बुलेन्समा सवार महोत्तरीको महोत्तरी नगरपालिका-१ का ४० वर्षीय ईकरामुल अन्सारी, २५ वर्षीय कलाम अन्सारी, २० वर्षीया चाबोला खातुन, १ वर्षीय बालक अवरार अन्सारी र भंगाहा नगरपालिका-१ का २१ वर्षीय जयकुमार राउत घाइते भएको सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहाल बताए । उनीहरू १ वर्षीय बालक अबरारको उपचारका लागि काठमाडौं आउँदै थिए । दुर्घटनाबाट ती बालकको टाउकोमा चोट लागेको छ ।

घाइतेहरूलाई अर्कै एम्बुलेन्समा राखेर काठमाडौं पठाइएको डिएसपी दाहालले जानकारी दिए । दुर्घटनाबाट एम्बुलेन्समा क्षति पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *