आर्सनल ६-० ले विजयी

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले लेन्समाथि फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न समूह ए अन्तर्गतको खेलमा आर्सनलले लेन्समाथि ६-० को फराकिलो जित हासिल गरेको हो ।

आर्सनलको जितमा काइ हाभेर्ट, गाब्रियल जिसस, बुकायो साका, गाब्रियल मार्टिनेली, मार्टिन ओडेगार्ड र जर्जिन्होले एक एक गोल गरेका थिए । यसै समूहको गएराती भएको अर्को खेलमा सेभिया भने पीएसभीसँग ३-२ गोल अन्तरले पराजित भएको छ । यस खेलमा सेभियाका दुई खेलाडीले रातो कार्ड पाएका थिए ।

अब अन्तिम चरणका खेल खेल्न बाँकी रहँदा समूह ए मा आर्सनलको ५ खेलमा १२ अंक भएको छ र राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।

समूह ए बाट पीएसभीको ५ खेलमा ८ अंक रहेको छ र समूहमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी लेन्सको ५ खेलमा ६ अंक रहेको छ र समूहमा तेस्रो स्थानमा छ भने सेभियाको ५ खेलमा केवल २ अंक रहेको छ । सेभियाको च्याम्पियन्स लिगमा अर्को चरणमा पुग्ने सम्भावना समाप्त भएको छ ।

अब समूह चरणको अन्तिम खेलमा आर्सनलले पीएसभीसँग र लेन्सले सेभियासँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *