प्रचण्डकी नातिनीको टीकाटालो, मंसिर २३ गते बिहे
२०८० मंसिर १४ गते

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठक विवाह बन्धनमा बाँधिने भएकी छिन् । उनको गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट (टीकाटालो) भएको हो ।
उनीहरूबीच आगामी मंसिर २३ गते विवाह गर्ने तय भएको छ । प्रतिभा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन् । मंगलबार भएको टीकाटालोमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए ।
प्रतिभा उच्च शिक्षाका लागि विदेश गएकी थिइन् । रेनु प्रचण्डकी माइली छोरी हुन् । रेनुका एक छोरी र छोरा छन् । रेनुका श्रीमान अर्जुन पाठक पनि रेनुसँगै भरतपुर महानगरमा छन् । उनीहरूबीच जनयुद्धकै बेला भारतमा बिहे भएको थियो ।
२०८० मंसिर १४ गते
प्रतिक्रिया
One thought on “प्रचण्डकी नातिनीको टीकाटालो, मंसिर २३ गते बिहे”
Leave a Reply Cancel reply
सम्बन्धित









congratulations!