बजारबाट घर फर्किँदै गरेका रविनको हात्तीले आक्रमण गर्दा मृत्यु

काठमाडौँ । सुनसरीको इटहरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका २ स्थित बुढासुब्बा चोकमा बुधबार राति हात्तीले आक्रमण गर्दा स्थानीय रविन खड्काको मृत्यु भएको हो ।

खड्का बजारबाट घर फर्किने क्रममा सामुदायिक वन क्षेत्रको बाटोमा हात्तीको आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हात्तीको आक्रमणबाट स्थानीयको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *