मल्लकालिन थन्थु दरबारको पुनः निर्माण सुरु

भक्तपुर । भक्तपुर नगरपालिकाको लगानीमा मल्लकालिन थन्थु दरबार पुनः निर्माण सुरु गरिएको छ ।

वि.सं २०७२ को भूकम्पले क्षतिग्रस्त भएर पुनः निर्माणको पर्खाइमा रहेको उक्त दरबार भक्तपुर नगरपालिकाले दातृ निकायको सहयोग नलिई आफ्नै लगानीमा पुनः निर्माण सुरु गरेको हो ।

नगरपालिका नयाँ भवनमा सर्नु अगाडि लामो समय कार्यालय भवनको रुपमा प्रयोग गरिएको थन्थु दरबार कार्य बहुवर्षीय योजनाअन्तर्गत पुनः निर्माण अगाडि बढाइएको नगर प्रमुख सुनिल प्रजापतिले बताए । उनका अनुसार दरबार मल्लकालीन शैलीमै पुनः निर्माण गरिने छ । पुरातत्त्व विभागबाट नक्सा स्वीकृत गराई पुनः निर्माण कार्य अगाडि बढाइएको उनको भनाइ थियो ।

नगरपालिकाले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार स्क्वायर क्षेत्रको भूकम्पले क्षति पु¥ययाएर जीर्ण बनेका एवं टेकोको भरमा अडिएका सम्पदाको पुनः निर्माणमा विदेशी दातृ निकायको लगानीमा बोलपत्र आह्वान गरेर निजी कम्पनीलाई ठेक्का दिने कार्यको विरोध गर्दै आएको छ । यहाँका क्षतिग्रस्त सम्पदाको नगरपालिकाले आन्तरिक स्रोतबाट खर्च जुटाउने भन्दै उपभोक्ता समिति एवं कालीगढबाट पुनः निर्माण गर्ने अडान लिँदै आएको छ ।

यसअघि पुरातत्त्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुँवर, वरिष्ठ पुरातत्वविद् कोष आचार्य, स्मारक संरक्षण एवम् दरबार हेरचाह अड्डा भक्तपुरका प्रमुख अरुणा नकर्मी र दुर्हाम विश्वविद्यालयका प्रो रोविन कनिङघमसहितको टोलीले थन्थु दरबार पुनः निर्माण क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *