२७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट
२०८० मंसिर १३ गते

प्रतीकात्मक तस्वीर
मोरङ । विराटनगर महानगरपालिका–६ जनप्रिय टोल बस्ने महेन्द्र सिंहको घरमा मंगलबार राति आगलागी हुँदा करिब २७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
काठपात, लत्ताकपडा, भाडावर्तन र अन्नपात लगायतका सामान जलेर उक्त क्षति भएको हो
।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
२०८० मंसिर १३ गते
प्रतिक्रिया
सम्बन्धित








