एम्बाप्पेले इन्जुरी समयमा गोल गरेपछि हारबाट जोगायो पिएसजी

काठमाडौँ । पिएसजी च्याम्पियन्स लिग अन्तर्गतको खेलमा हारबाट जोगिएको छ । गएराती सम्पन्न समूह एफ अन्तर्गतको खेलमा पिएसजी किलियन एम्बाप्पेको गोलबाट न्यूक्यासलसँग हारबाट जोगिएको हो ।

एम्बाप्पेले खेलको ९० मिनेटपछिको इन्जुरी समयमा पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै न्यूक्यासलसँग १-१ को बराबरी गरेका थिए । यसअघि न्यूक्यासलका लागि अलेजान्दर इसकले खेलको २४ औँ मिनेटमा गोल गर्दै न्यूक्यासललाई शुरुवाती अग्रता दिलाएका थिए ।

समुहको अर्को खेलमा डोर्टमण्डले एसी मिलानलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । यस च्याम्पियन्स लिगको ग्रुप अफ डेथ मानिएको समूह एफबाट डोर्टमण्डले राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ भने दोस्रो टिमको टुंगो अन्तिम खेलबाट लाग्ने भएको छ ।

हाल पिएसजी ५ खेलमा ७ अंकसहित दोस्रो स्थानमा रहेको छ भने न्यूक्यासल र एसी मिलानको ५-५ खेलमा ५-५ अंक रहेको छ र क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् । अब अन्तिम खेलमा पिएसजीले डोर्टमण्डको सामना गर्ने छ भने न्यूक्यासलले मिलानको सामना गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *