एल-निनो बाढीले केन्यामा मृत्यु हुनेको संख्या ७० पुग्यो

काठमाडौं । केन्यामा एल–निनो बाढीका कारण मृत्यु हुनेको संख्या ७० पुगेको छ । केन्याका राष्ट्रपति विलियम रुटोले बाढीका कारण मृत्यु हुनेको संख्या बढेसँगै क्षति कम गर्न र विस्थापितहरुको व्यवस्थापनका लागि सरकारले अतिरिक्त रकम उपलब्ध गराउने घोषणा गरेका छन् ।

जारी एल–निनो वर्षासँग जोडिएको भीषण बाढीबाट नागरिक बचाउन सेना परिचालन गरिएको बताएका छन् ।

देशैभर परेको वर्षाका कारण ३६ हजार १६० घरधुरी विस्थापित भएको रुटोले बताएका छन् । वर्षाका कारण देशमा आपतकालीन अवस्था सिर्जना भएको उनको भनाइ छ । उत्तरी केन्यामा सडकहरू ध्वस्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 8 =