उर्लाबारी आगलागी

उर्लाबारी आगलागी : घाइते रामनरेश बिते, मृतक संख्या पाँच पुग्यो

कात्तिक २६ गते लक्ष्मीपूजाको राति आगो नियन्त्रण गर्ने क्रममा २८ जना घाइते भएका थिए ।

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका-७ मा आगलागीमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । उर्लाबारी नगरपालिका-७ आगलागीमा परी घाइते भएका ४३ वर्षीय रामनरेश मारिताको सोमबार राति उपचारको क्रममा मृत्यु भएको हो ।

कात्तिक २६ गते लक्ष्मीपूजाको राति आगो नियन्त्रण गर्ने क्रममा २८ जना घाइते भएका थिए । धनुषा जनकनन्दी गाउँपालिका-७ निवासी तथा हाल उर्लाबारी-७ निवासी मरिताको राति करिब ११ः३० बजे मृत्यु भएको मोरङका प्रहरी प्रवक्ता डिएसपी रञ्जनकुमार दाहाले जानकारी दिए ।

गम्भीर घाइते हुनेमा उर्लाबारी ७ का ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डित रहेका छन् । लक्ष्मीपूजाको राति १०ः३० बजे स्थानीय दीपक कार्कीको स्वामित्वमा रहेको स्नेहा सुनचाँदी व्यवसायमा लागेको आगो निभाउने क्रममा चार प्रहरी र २४ स्थानीय घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *