दुर्गाको महाअभियान

गौशालामा प्रसाईंका समर्थक र प्रहरीबीच झडप

काठमाडौं । काठमाडौंको गौशालामा दुर्गा प्रसाईं पक्ष र प्रहरीबीच झडप भएको छ ।

प्रदर्शनकारीहरूले गौशालास्थित सडकमा प्रदर्शन र ढुंगामुढा गरेपछि प्रहरीले बल प्रयोग छ ।

सोमबार दिउँसो गौशाला चोकमा प्रदर्शनको क्रममा प्रहरी र प्रसाईंपक्षबीच धकेलाधकेल भएको हो । प्रदर्शनमा प्रसाईं पनि पुगेका थिए ।

प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पारेको छ । केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रसाईंको आह्वानमा मंसिर ७ गतेदेखि काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भइरहेका छन् ।

बैंकको ऋण माफ गर्नेसँगै राष्ट्र, राष्ट्रियता, धर्म र संस्कृति बचाउन तथा तस्कर, माफियातन्त्र, भ्रष्टाचारको अन्त्य गर्न र ’तानाशाही’ शासकको अन्त्य गरेर राजतन्त्र स्थापना गर्ने पनि आफ्नो एजेन्डा भएको प्रसाईंले बताउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + six =