झापामा ‘दाउ’ले हानेर बुवाको हत्या गर्ने २३ वर्षीय छोरा पक्राउ

काठमाडौँ । झापामा छोराबाटै बुवाको हत्या भएको छ । जिल्लाको कमल गाउँपालिका-४ मा करिब ४५ वर्षीय भोलाकुमार तामाङको छोराबाटै हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रप्रसाद रिजालकाअनुसार सोमबार बिहान साढे ६ बजे बुवाको हत्या गरेको आरोपमा छोरालाई पक्राउ गरिएको छ । तामाङको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय छोरा आशिषलाई पक्राउ गरेको हो ।

आशिषले आफ्ना बुवा भोलाकुमारमाथि कराइ र दाउ प्रहार गरी हत्या गरेको डिएसपी रिजालले बताए । हत्यापछि भागेका आशिषनलाई सवा ७ बजेतिर प्रहरी चौकी केर्खाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *