सामसङ ‘ग्यालेक्सी ए आइ’ले पुर्‍याउनेछ नयाँ युगमा, के-के छन् विशेषता

काठमाडाैँ । इन्टरनेट तपाईँको औँलामा, क्यामरा तपाईँको खल्तीमा, र अब आर्टिफिसियल इन्टेलिजेन्स (ए आइ) ले सुधार्दै गरेको तपाईँको दैनिक जीवन ।

सामसङ ग्यालेक्सीले इन्टरनेटको पहुँचलाई सहज गरी क्यामरालाई सञ्चारको माध्यम बनाइदिएको छ जुन बिना हामी बाँच्नै नसक्ने भइसकेका छौँ । अहिले सबैको आँखा ए आइ मा केन्द्रित भएपनि यसको केही खास विशेषताहरू अझैसम्म मोबाइल प्रविधिमा आइसकेका छैनन् । ग्यालेक्सी त्यसलाई बदल्ने तयारीमा छ ।

सबैलाई सबै ठाउँमा, सशक्त बनाउने गरी निर्माण गरिएको ग्यालेक्सी ए आइ तपाईँको फोनको एक विश्वव्यापी इन्टेलिजेन्स हो, जुन यसभन्दा अघि तपाईँले कहिल्यै देख्नु भएको छैन । ती सबै ठाउँहरूमा जहाँ यसको बढी महत्त्व छ– अवरोधरहित सञ्चारदेखि, सहज उत्पादकत्वसम्म, असीमित सृजनशीलतासम्म– हामी नयाँ सम्भावनाहरू उघार्दैछौं ।

ग्यालेक्सी ए आइ मा दुई किसिमका ए आइ प्रविधि समावेश छ । सामसङद्वारा विकास गरिएको डिभाइस ए आइ र अरु समान विचारधाराका औद्योगिक अग्रणीहरूका साथ हाम्रो खुल्ला सहकार्यहरूबाट सक्षम गरिएका क्लाउडमा आधारित ए आइ, दुवैद्वारा सञ्चालन हुने एक वृहत् मोबाइल ए आइ अनुभव हो । यसले ग्यालेक्सी सुरक्षा र गोपनीयतामा तपाईँले पाउनु हुने विश्वसनीयताका साथ तपाईँको हरेक दिनको मोबाइलसँगको अनुभवलाई परिवर्तन गरिदिनेछ ।

ग्यालेक्सी ए आइ को फाइदाहरु के कस्तो छ भनी हेर्दा हामीले यसको एउटा मुख्य विशेषता “फोन कल” लाई उदाहरणको रुपमा लिन सक्छौँ । एआइ लाइभ ट्रान्सलेट कलले चाँडै नै प्रयोगकर्ताहरूलाई जति बेला आवश्यक पर्‍यो त्यति नै बेला आफ्नो पर्सनल ट्रान्सलेटर उपलब्ध गराउनेछ । किनभने यो ग्यालेक्सी डिभाइसकै कलसँग एकीकृत गरिएको छ, यसले गर्दा तेस्रो पक्षको एप चलाइरहन पर्ने झन्झट रहँदैन । अडियो र टेक्स्ट तपाईँले बोल्नु र लेख्नु भएकै समयमा नै अरु भाषामा अनुवाद भएर आउने छ । यो ग्यालेक्सी ए आइ डिभाइसमा नै भएको हुँदा, यसले तपाइको गोप्य वार्तालापहरू तपाईँको फोनमा नै सीमित रहनेछ ।

आउँदो वर्षको सुरुमा ग्यालेक्सी ए आइले हामीलाई एउटा त्यस्तो संसारमा ल्याउनेछ जहाँ सामाजिक सञ्चारका अवरोधहरू तोडिनेछन्, र सञ्चार पहिले भन्दा अझै सहज र अझ बढी रचनात्मक हुनेछ ।

यसरी ए आइ ले हाम्रो जीवनमा ठूलो परिवर्तन ल्याउनेछ ।

“मोबाइल प्रविधिसँग विश्वभरका मानिसहरूका लागि सञ्चार, सृजनशीलता, उत्पादकत्व र थप सक्षम बनाउने अतुलनीय शक्ति छ, तर आजसम्म, हामीले मोबाइल ए आइलाई वास्तविक रुपमा अर्थपूर्ण तरिकाबाट उपयोग गरिएको देखेका छैनौँ ।” इभिपि र अनुसन्धान तथा विकास प्रमुख, वाङजुङ चोइले भन्नु भयो । “ग्यालेक्सी ए आइ हाम्रो आजसम्म कै सबैभन्दा बृहत्तर इन्टेलिजेन्स हो जसले हाम्रो फोनको परिभाषा नै बदलिदिनेछ ।”

यो ग्यालेक्सी ए आइ को एउटा सानो झलक मात्र हो । अब मोबाइल ए आइको नयाँ युगको सुरुवातको लागि तयार रहनुहोस् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *