विरगञ्जमाथि धनगढीको रोमाञ्चक जित
२०८० मंसिर १० गते

नेपाल सुपर लिगमा धनगढी एफसीले विरगञ्ज युनाईटेडलाई पराजित गरेको छ।
आईतबार दशरथ रंगशालामा भएको खेलमा धनगढीले विरगञ्जमाथि २–१ रोमाञ्चक जित निकालेको हो ।
खेलको दोस्रो मिनेटमा फोडे फोफानाको गोलमा धनगढीले अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै बिरगञ्ज खेलमा फर्कियो।
बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा गोल निकाल्दै धनगढीले जित निकाल्न सफल रह्यो ।
अहमद हिजाजीले खेलको अन्तिम मिनेटमा गोल गर्दै धनगढीलाई शानदार जित दिलाए । धनगढी साविक उपविजेता हो।
विरगञ्ज एनएसएलको नवप्रवेशी टिम हो।
२०८० मंसिर १० गते
प्रतिक्रिया
सम्बन्धित








