सपिङ मलमा आगलागी हुँदा ११ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा रहेको एउटा सपिङ मलमा भएको भीषण आगलागीमा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै २० जनाभन्दा बढी घाइते भएका छन् ।

कराँची पूर्वी जिल्लाका डेपुटी कमिश्नर अल्ताफ शेखले शनिवार भएको आगलागीबाट हालसम्म ११ जनाको मृत्यु भएको बताए ।

बढी जलेको कारण तीन जनाको अवस्था गम्भीर छ । दक्षिणी सिन्ध प्रान्तका कार्यवाहक मुख्यमन्त्री मकबुल बाकारले यस घटनाको निष्पक्ष छानबिन गर्न आदेश दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =