आमाको दूध पिएको छ भने मलाई जेल हालेर देखाऊ : दुर्गा प्रसाईं

काठमाडौँ । नेपाल प्रहरीको स्पेसल टास्क फोर्स परिचालन पछि मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूलाई जेल हाल्न नसक्ने बताएका छन् ।
प्रसाईंले सञ्चारमाध्यमहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले थुन्ने प्रयास गरेको तर जेल हाल्न नसकेको बताएका हुन् । यदि आफूलाई जेल हालेमा प्रधानमन्त्रीलाई त्यसको नतिजा बारे थाहा हुने बताए ।
उनले भने ‘ तपाइ हामीले ल्याएको गणतन्त्रमा यस्तै हुन्छ? सम्माननीय प्रधानमन्त्रीले थुन्ने प्रयास गर्छन् तर त्यसपछि प्रधानमन्त्रीलाई नै थाहा हुन्छ के हुन्छ भनेर । २० वर्ष सँगै बसेर खाको हो ।’
उनले प्रधानमन्त्रीसँगै २० वर्षसँगै समय बिताएको बताए । उनले आफूलाई जेल हाल्न नसक्नुको कारण प्रधानमन्त्री स्वयमलाई मात्र थाहा हुने बताए ।
उनले भने ‘म किन समातिएको छैन त, वरिपरि पुलिस नै पुलिस छन् । आमाको दूध पिएको छ भने हालेर हेरोस् न जेल’ ।
उनले आफ्नो वरपर पुलिस नै पुलिस भएपनि समात्न नसकेको बताए ।
त्यस्तै प्रशासनको अनुमति विनै तीनकुनेमा आन्दोलन गर्न थालेपछि प्रसाईँको समर्थनमा उत्रिएका प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ । यसबारे प्रतिक्रिया दिँदै उनले भने ‘प्रहरीले जतिमान्छे समात्यो त्यति राम्रो । माओवादी जनयुद्ध पनि दमन भएपछि सक्किएको थियो नि त । हामीले दमन देखेका छैन । विश्वले दमन देखेको छ ।’
उनले जति प्रदर्शनकारी समातियो त्यत्तिनै राम्रो हुने बताए ।
प्रहरीले प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’को समर्थनमा गएका २६ जना पक्राउ परिसकेका छ ।
प्रसाईंको घर अगाडीका दृश्यहरू:









