राँगाको आक्रमणमा परि ७० वर्षीय वृद्धको मृत्यु

काठमाडौं । रौतहटको कटहरिया नगरपालिका—९ डुमरियामा राँगाको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ ।

राँगाको आक्रमणबाट बुधबार साँझ घाइते भएका ७० वर्षीय बतहु राय यादवको उपचारको क्रममा नारायणी अस्पताल वीरगञ्जमा गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही राँगाको आक्रमणमा परी पटकपटक गरेर १ दर्जन भन्दा बढी व्यक्ति घाइते भइसकेका छन् ।

खुंखार प्रवृत्तिको उक्त राँगा नियन्त्रण गर्न पटकपटक गाउँलेहरूले आग्रह गर्दा मेयर अजय प्रकाश जैसवालले वास्ता नगरेको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 1 =