बल्खुमा फेरि प्रहरी र प्रसाईंका कार्यकर्ताबीच झडप, केही प्रदर्शनकारी घाइते (तस्बिरसहित)

काठमाडौँ । काठमाडौँको बल्खुमा फेरि प्रहरी र दुर्गा प्रसाईंका कार्यकर्ताबीच झडप भएको छ । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।

घाइते प्रदर्शनकारीहरू मध्ये कोही सामान्य घाइते भएका छन् भने केहीलाई अस्पताल पठाइएको प्रदर्शनकारीहरूले बताएका छन् ।

प्रदर्शनकारीहरू प्रहरी घेरा तोडेर कालीमाटीतर्फ लम्किन खोजेपछि झडपको अवस्था बनेको हो ।

झडपका क्रममा प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको छ भने आन्दोलनकारीले नाराबाजीसहित ढुंगा प्रहार गरिरहेका छन् ।

सबै तस्बिर : मकालुखबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + ten =