बल्खुमा प्रसाईँका समर्थक र प्रहरीबिच झडप, पानीको फोहरा र अश्रुग्याँस प्रहार

काठमाडौँ । काठमाडौँको बल्खुमा प्रहरी र दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनकारीबीच झडप भएको छ ।

प्रसाईँलाई प्रदर्शन गर्नका लागि बल्खु तोकिएपनि प्रदर्शनकारी कालीमाटीतर्फ लाग्न खोजेपछि प्रहरीले रोक्दा झडप भएको हो ।

झडपपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गरेको छ । त्यस्तै, प्रहरीले आन्दोलनकारीमाथि पानीको फोहरा समेत प्रहार गरेको छ ।

प्रहरीले प्रदर्शनकारीलाई बल्खुमा नै रोकिराखेको छ । कालीमाटीतर्फ अघि बढेको आन्दोलनकारीको गाडीको साँचो समेत प्रहरीले खोसेको छ । प्रदर्शनकारीले पनि प्रहरीमाथि ढुङ्गा प्रहार गरिरहेका छन् ।

यसअघि सोही स्थानमा प्रसाईं समूह र युवा संघका कार्यकर्ताबिच झडप भएको थियो ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा उक्त प्रदर्शन गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *