भारतले दिएको १५ वटा मुर्रा राँगा नेपाल ल्याइयाे
२०८० मंसिर ६ गते

भारतले दिएका १५ वटा मुर्रा राँगा नेपाल ल्याइएको छ।
बुधबार साँझ नेपालगञ्जको रूपैडिया नाकामा भारतबाट ल्याइएको १५ वटा मुर्रा राँगा पशु सेवा विभागका अधिकारीहरूले बुझेका छन्।
गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाँदा भारत सरकारले नेपाललाई १५ वटा उन्नत जातका मुर्रा राँगा अनुदानमा दिने घोषणा गरेको थियो।
अब यी राँगालाई लहान, पोखरा र नेपालगञ्जमा रहेको राष्ट्रिय पशु प्रजनन केन्द्रमा पाँच/पाँच वटाको दरले पठाइने छ।
२०८० मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित








