प्रचण्ड पुगे शीतल निवास, के भयो कुराकानी ?
२०८० मंसिर ६ गते

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता भएको छ । बुधबार बिहान शितलनिवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावित जिल्लाहरूमा राहत तथा पुनर्स्थापनाको कार्यलाई थप प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका हुन् ।
सो अवसरमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच मुलुकको समसामयिक विषयहरूमा पनि छलफल भएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
२०८० मंसिर ६ गते
प्रतिक्रिया
सम्बन्धित








