गाजावासीको सहयोगार्थ जोर्डनका बालबालिकाको फुटबल प्रतिस्पर्धा

एजेन्सी । जोर्डनका बालबालिकाले गाजा फुटबल एकेडेमी च्याम्पियनसिप शीर्षकमा एक फुटबल च्याम्पियनसिपमा आयोजना गरेका छन् । उनीहरूले गाजाका बालबालिकालाई सहयोग गर्ने लक्ष्यसहित सो म्याच राखेका हुन् ।

जोर्डनका सबैभन्दा प्रतिष्ठित फुटबल एकेडेमीहरूको सहभागितामा जोर्डन अहली क्लबको परिसरमा आयोजना गरिएको थियो । च्याम्पियनसिपबाट प्राप्त आम्दानी जोर्डन हासेमाइट परोपकारी संस्थामार्फत गाजाका बालबालिकाहरूलाई प्रदान गर्ने बताइएको छ ।

च्याम्पियनसिपमा सहभागी बालफुटबल खेलाडीहरूले आफ्नो व्यक्तिगत बचतबाट गाजाका बालबालिकालाई चन्दा दिनु आफूले गर्नसक्ने काम भएको बताए । च्याम्पियनसिपमा पैसा जम्मा गर्न र प्यालेस्टाइनलाई सहयोग गर्न भाग लिएको अर्का सहभागीले बताए ।

खेलकुद कार्यक्रमको अतिरिक्त खाना र स्थानीय उत्पादनहरूको लागि एक स्थान समेत खुला गरिएको थियो । सो स्थानमा बिक्री भएका सामानहरूको एक अंश समेत प्यालेस्टाइनलाई सहयोग गर्ने बताइएको छ । गाजा पट्टीमा रहेका बालबालिकाको लागि थोरै भएपनि सहयोग गरेको उनको भनाई छ ।

प्रतिक्रिया

One thought on “गाजावासीको सहयोगार्थ जोर्डनका बालबालिकाको फुटबल प्रतिस्पर्धा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =