टर्कीको कार्गो जहाज समुन्द्रमा डुब्यो, १२ सदस्यीय चालक दल सवार थियो
२०८० मंसिर ५ गते

एजेन्सी । सुनामीका कारण टर्कीको कार्गो जहाज र १२ सदस्यीय चालक दल टर्किएको ब्ल्याक सी मा डुबेको छ । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले चालक दलसँग सम्पर्क गर्न असमर्थ भएको बताएका हुन् ।
रूसी बन्दरगाह टेम्रयुकबाट टर्किएको अलियागामा फेरोसिलिकन ढुवानी गरिरहेको काफ्कामेटलर जहाज एरेग्लीको ब्रेकवाटरमा ठोक्किएपछि डुबेको मन्त्रीले बताए । सो क्षेत्रमा आईतवार शक्तिशाली सुनामी आएको थियो । खराब मौसमका डुबेका व्यक्तिको खोजिमा समस्या आएको बताइएको छ ।
२०८० मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित








