‘टिकटक स्टार’हरू भन्छन्– इकोनमिक क्राइसिस बढ्ने भयो

काठमाडौं । नेपाल सरकारको नियम अनुसार नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा प्रतिबन्ध लगाएको छ ।

समाजमा नकारात्मक असर पारेको भन्दै मन्त्रिपरिषद्ले कात्तिक २७ गतेको बैठकले छोटा भिडियोहरू अपलोड गरिने सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको बताएको छ ।

टिकटकमा प्रतिबन्ध लगाए पश्चात् धेरै जसो टिकटक युजरहरूले विभिन्न एपहरु र सेटिङबाट चलाइरहेका छन् । भने लाइभ बस्नेको सङ्ख्या पनि उत्तिकै छ । कानुन विपरीतका विभिन्न एपहरूबाट टिकटक चलाउँदा होसियारी अपनाउन विज्ञले सुझाएका छन् । जथाभाबी एपको माध्यमबाट टिकटक चलाउँदा धेरैको बैङ्क एकाउन्टहरू ह्याक भएका खबर पनि छन् ।

पछिल्लो केही समय पहिला टिकटकबाट निकै नै भाइरल भएका सेलिबेटिहरु र टिकटकबाट लाइभ बसेर भारी रकम कमाएका व्यक्तिहरू अहिले मर्कामा परेका छन् । टिकटकलाई व्यवसायको रुपमा लिएका सेलिबेटिहरु भन्छन्– ‘नेपालमा पहिलाबाट नै इकोनमिक क्राइसिस थियो अब झन् बढी हुने भयो ।’

कोही व्यक्तिहरूले भने टिकटकबाट धेरै राम्रा कुराहरू पनि सिकेका र देश विदेशमा भएका घटनाहरू पनि सजिलैसँग थाहा पाएको धारणा व्यक्त गरेका छन् ।

धेरै जसो टिकटकरहरुले लाइभ बसेर कमाएको रकम गरिब, असहाय, विपन्न लगायत प्राकृतिक प्रकोपको समस्यामा परेकाहरू लाई सहयोग गरेको सामाजिक सञ्जालमा देखिन्छ । टिकटककै मार्फतबाट धेरै जसो अन्तरजातीय विवाह गर्न पनि प्रोत्साहन मिलेको देखिन्छ ।

टिकटक बन्दबारे कसले भने ?

अंशु बर्मा भन्छन– ‘टिकटकमा प्रवेश गरे देखि हालसम्म ५० लाख भन्दा बढी रकम गरिब, असहाय, विपन्न लगायत प्राकृतिक प्रकोपको समस्यामा परेकाहरूलाई सहयोग गरेको बताएका छन् ।’

ईभा गिरि भन्छिन– ‘टिकटकले गर्दा आफू निर्भर हुन सिकेको हो, आफ्नो शिक्षा देखि लवाई खवाई सब टिकटकको कमाई बाट नै गरेको थिए , टिकटकबाट बिजनेस गरेको छु , हाम्रो त्यहाँबाट इनकम भइरहेको छ । हामीलाई रोजगार दिनु हामी टिकटक चलाउँदैनौ ।’

मिस पवि भन्छिन– ‘टिकटककै कारण मैले म्युजिक भिडियो खेल्न पाएँ । सामाजिक कामहरु पनि गरेकी थिएँ । मलाई राम्रो थियो । नराम्रो गर्न चाहने मान्छेका लागि नराम्रो कुरा त फेसबुक, युट्युब, ह्वाटस्याप र भाइवरमा पनि हुन्छन् । टिकटकमाथि प्रतिबन्ध लगाउनु भन्दा त्यसलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्थ्यो ।’

रिट हेर्न नभ्याउनेमा

सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धका रिट सोमबार हेर्न नभ्याउने भएको छ । न्यायाधीश कुमार चुडालको इजलासमा परेका १० वटा रिट हेर्न नभ्याउने सर्वोच्चको वेभ साइटमा उल्लेख छ ।

समय अभावका कारण इजलासले ती रिटमा सुनुवाइ गर्न नभ्याएको हो । आज न्यायाधीश कुमार चुडाललाई छुट्टा छुट्टै दुई वटा इजलास परेका थिए ।

दलहरूले डरले टिकटक बन्द गरे : अर्याल

इन्सेकका अध्यक्ष डा.कुन्दन अर्यालले सबै राजनीतिक दलको मिलेमतोमा टिकटक बन्द भएको बताएका छन् । उनले सबै राजनीतिक दलका नेताहरूको मिलेमतो रहेको स्पष्ट हुने बताए ।

उनले भने– ‘टिकटक बन्द गर्नुमा सरकार भन्दा पनि मिलेमतो भएको जस्तो लाग्छ । जसरी भित्र, बाहिरका कुरा आएका छन् । टिकटकको प्रतिबन्धमा सबै राजनीतिक दलका नेताहरूको मिलेमतोमा नै भएको हो ।’

उनले टिकटक प्रतिबन्धको निर्णयलाई अदालतले बदर गर्नुपर्ने बताए ।

उनी थप्छन्– ‘यसरी स्थायी रुपमा प्रतिबन्ध भनेर गर्न मिल्दैन । यसले संसारभर नै नेपालको छवि राम्रो भएको छैन । सरकारले आम जनतालाई अभिव्यक्त गर्ने माध्यमलाई खोसेको छ । यो प्रतिबन्धलाई कुनै पनि हालतमा अदालतले बदर गर्छ होला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *