रुकुम पश्चिम जिप दुर्घटना (अपडेट) : घाइते एक जनाको मृत्यु

२०८० मंसिर ४ गते

सुर्खेत । सोमवार बिहान मध्यपहाडी लोकमार्गअन्तर्गत रुकुम खण्डको गोइरीज्युलामा भएको जिप दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ ।
चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओलीको मृत्यु भएको हो ।
उनको चौरजहारी मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको छातीमा चोट लागेको थियो । लु १ ज २२९७ नम्बरको जिप बिहान ८ः ५० बजे चौरजहारी नगरपालिका–१० खोला गाउँबाट सदरमुकाम मुसिकोटतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।
जिप अनियन्त्रित भई सडकबाट ३०० मिटर तल भेरी नदी किनारमा खसेको थियो । दुर्घटनामा परी २२ जना घाइते भएका छन् । त्यसमध्ये ७ जना गम्भीर घाइते भएका थिए ।

२०८० मंसिर ४ गते
प्रतिक्रिया
सम्बन्धित