नेप्से परिसूचक १.३९ अंकले बढ्यो

काठमाडौँ । नेप्से परिसूचक १.३९ अंक बढेर १८५३ मा कायम भएको छ ।

सोमबार होटल, उत्पादन र माइक्रोफाइनान्स उपसमूहमा भारी गिरावट आएको छ । होटल तथा पर्यटन १.८३, उत्पादन १.९१ र माइक्रोफाइनान्स उपसमूह १.४२ प्रतिशतले घटे ।

ब्यापार उपसमूह सबैभन्दा धेरै १.४२ प्रतिशत बढ्यो । अंकका आधारमा बैंकिङ २, विकास बैंक ४४, फाइनान्स ५, हाइड्रोपावर ६, जीवन बीमा ९४, निर्जीवन बीमा ७१ र व्यापार उपसमूह ३७ अंक बढे । अन्य १, माइक्रोफाइनान्स ४८, उत्पादन ९५ र होटल तथा पर्यटन उपसमूह ९१ अंक घटे ।

ग्लोबल आईएमई लघुवित्त र कर्णाली विकास बैंकको मूल्य करिब १० प्रतिशत बढेको छ । त्यस्तै समाज लघुवित्तको ८, साहस ऊर्जाको ७.७ प्रतिशत मूल्य बढ्यो । हाथवे इन्भेस्टमेन्ट कम्पनीको ७.२, खानीखोला हाइड्रोपावरको ६.३ प्रतिशत मूल्य बढ्यो ।

फरवार्ड माइक्रोफाइनान्स, सयपत्री हाइड्रोपावर, माथिल्लो मैलुङखोला जलविद्युतको मूल्य १० प्रतिशत घट्यो ।

हिमालयन डिस्टिलरीको ७ र पिपुल्स हाइड्रोपावरको ५.३ प्रतिशत मूल्य घटेको छ । विशेषतः पहिलो त्रैमासिक वित्तीय विवरण खराव आउँदा यी कम्पनीको मूल्यमा भारी गिरावट आएको हो ।

माथिल्लो मैलुङखोलाको भने आजैबाट दोस्रो बजारमा कारोबार सुरु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *