आठ सय ८० ग्राम चरेससहित एकजना पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका–७ मनहेराबाट अवैध लागूऔषध चरेस ८ सय ८० ग्रामसहित एक जना पक्राउ परेका छन् ।

बझाङ सुर्मा गाउँपालिका–२ डोरी बस्ने ६१ वर्षीय मोतीलाल बोहरालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

अस्थायी प्रहरी पोष्ट मनहेराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *